काठमाडौं – परराष्ट्र मन्त्रालयका ३ सहसचिव राजदूतमा सिफारिस भएका छन् । राजदूतमा सिफारिसमा हुनेमा सहसचिवहरू गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्का रहेका छन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई राजदूत सिफारिस गर्ने निर्णय गरेको हो । उनीहरूलाई कुनकुन देशका लागि राजदूत सिफारिस गरिएको भन्नेबारे भने खुलाइएको छैन ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।