शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

ओलीलाई देउवाको प्रश्न- लिदीबासीले गुहार माग्दा तीनिहरुलाई सुरक्षित ठाउँ किन सारिएन ?


  • सोमबार, भाद्र १ २०७७
13.4K
SHARES

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री ओलीसँगको भेटमा तीनवटा मुख्य विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सभापति देउवा र ओलीबीच सोमबार प्रधानमन्त्री निवाास बालुवाटारमा भेटघाट भएको थियो । भेटमा संवैधानिक नियुक्तिहरुबारे प्रधानमन्त्रीले विपक्षी दलको नेताका रूपमा सभापति देउवासँग परामर्श गरेका थिए । साथै उनले तीनवटा विषयमा सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

सिन्धुपाल्चोकको जुगल गापाको लिदिमा पहिरोमा परेर दर्जन बढी जनताको ज्यान गएको छ र कयौं बेपत्ता छन् । गाउँबासीले दश दिन अघि देखिनै गुहार गर्दा पनि तिनलाई सुरक्षित स्थानमा सार्न सरकारले ध्यान नपु¥याउनु अत्यन्तै दुःखद भएको छ । यति गम्भीर गल्तीको जवाफदेहिता सरकारले लिनुपर्छ कि पर्दैन भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् । साथै देशको अन्य विभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति गरेको स्मरण गराउँदै सरकारको भुमिका सन्तोषजनक नदेखिएकाले ब्यवस्थित र प्रभावकारी ढंगले कार्य गर्न आग्रह समेत गरेका छन् ।

त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय भन्दा बढि पुगेको बताउँदै सक्रमण तिब्र गतिमा बढेको भए पनि सरकारले त्यसको सामना गर्न नसेको गुनासो गरे । कमजोरीको समिक्षा गरेर नयाँ रणनीति निर्माण गर्न र कामको गति बढाउन सरकार किन गम्भीर छैन भन्दै सभापति देउवाले आइसोलेसन र भेन्टिलेटर पर्याप्त ब्यवस्था गर्न सरकार किन ढिलाई भन्दै प्रश्न समेत गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयमा देखिएका विवाद र विसंगति उपर कुलपतिका रूपमा प्रधानमन्त्रीको ध्यान पुग्न जरुरी छ । निश्चित विधि र संस्कृतिले विश्वविद्यालय चलाउने क्षमता भन्दा राजनैतिक पुर्वाग्रह बढी देखियो । प्रजातन्त्रवादी प्राध्यापक संघको सभापति लगायतलाई मुद्दा लगाउने, राखिएका जायज मागहरुको सुनुवाइ नगर्ने, किर्तिपुर देखि ठाकुरराम क्याम्पस सम्मका विद्यार्थीलाई थुनामा राख्ने अनि विविध माग राखेर २६ दिन देखि पोखरा विश्वविद्यालयमा अनशनमा बसेका नेविसंघका विद्यार्थीहरुसँग संवाद समेत नगर्ने यस्तो बलमिच्याई प्रवृत्ति प्राज्ञिक थलो सुहाउँदो छैन । अविलम्ब संवादबाट समाधानमा पुग्न ढिलाइ नगर्न म प्रधानमन्त्रीजीको ध्यानाकर्षण गराउँछु उनले भने ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा