काठमाडौँ- नेपालमा थप ५८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ५८१ जना सक्रमित थपिएका छन्। थपिएका संक्रमितमा १ सय ७३ महिला र ४ सय ८ पुरुष छन्।
आज थपिएका यीसहित हालसम्म संक्रमित हुनेको संख्या २७ हजार २ सय ४१ पुगेको छ।
त्यस्तै आजै थप १६० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसंगै कोरोना भाइरस निको भएर घर फर्किनेको संख्या १७४९५ पुगेको छ।
काठमाडौं उपत्यकामा मात्रै थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितहरू सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।