शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

गोंगबु हत्याकाण्ड : कृष्णबहादुर र कल्पनाबीच आर्थिक लेनदेन भएकाे देखिएन


  • सोमबार, भाद्र १ २०७७
18.4K
SHARES

कृष्णबहादुर बोहोराको हत्याकाण्डका अभियुक्त र मृतकबीच आर्थिक लेनदेन नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दोहोरी साँझ खोल्न भनेर कृष्णबहादुरसँग पैसा लिएको शुरुवाती समयमा आशंका गरिएपनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट आर्थिक लेनदेन नभएको खुलेको हो ।

कृष्णबहादुरका परिवारले अभियुक्त कल्पना मुडभरी पौडेलले नै पैसा प्रयोग गरेको आशंका गरेपछि प्रहरीले आर्थिक पाटोमा अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानमा संलग्न एक प्रहरीले अधिकृतले भने, ‘आर्थिक लेनदेन भएको कुरा खुलेको छैन ।’ यसअघि कल्पना मुडभरी पौडेलले कृष्णबहादुरको ६० लाख बढी रकम प्रयोग गरेको आंशका गरिएको थियो ।

साउन २४ गते शनिबार साँझ कल्पनाले आफ्नो डेरामा आएका कृष्णबहादुरको हत्या गरेकी थिइन् । २५ गते आइतबार बोहराको शव सुटकेशमा, टाउको र गोडा जेब्रा झोलामा भेटियो थियो । हत्या आफूले नै गरेको पौडेलले स्वीकार गरिसकेकी छन् ।

प्रहरीलाई दिएको बयानमा कल्पनाले कृष्ण बहादुरले आफ्नो फोटो प्रयोग गरेर नक्कली फेसबुक आइडी खोलेर दुस्ख दिन थालेपछि हत्यासम्म गर्नुपरेको बयान दिएकी छिन् । उनका अनुसार नक्कली आइडी खोलेर बदनाम गर्न खोजेको तथा आफू अनुकुल चल्न दबाब दिन थालेपछि उनको हत्या गर्नुपरेको साविती बयान कल्पनाले दिएकी छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा