शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

अबदेखि अटो वर्कसपहरु पनि बन्द गरिने


  • सोमबार, भाद्र १ २०७७
13.5K
SHARES

अबदेखि आफ्नो सवारी साधनमा समस्या आएमा बनाउन नपाइने भएको । सवारी साधन मर्मत सम्भार गर्ने व्यवसाय अटो वर्कसपहरु भदौ १५ गतेसम्म बन्द हुने भएपछि समस्या आउने भएको हो ।

कोरोना संक्रमण फैलिँदै गएको अवस्थामा अटो वर्कसपहरु पनि असुरक्षित देखिएको भन्दै नेपाल अटोमेकानिक्स व्यवसायी संघले सोमबारदेखि भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

संघले सोमबार एक अपिल प्रकाशित गरी एम्बुलेन्स, अस्पताल र सुरक्षा निकायका सवारी साधनबाहेक अन्य सवारी साधन मर्मत सम्भारको काम बन्द गरेको जानकारी दिएको छ ।

अत्यावश्यक सेवाका सवारी साधन मर्मत गर्नुपरेमा वर्कसपमा मास्क, पञ्जाको प्रयोग गर्ने, साबुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोग गरी सुरक्षित तरिकाले काम गर्न संघले वर्कसप व्यवसायीलाई आग्रह गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा