शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

भारत उत्तर प्रदेशका मन्त्री चेतन चौहानको निधन


  • सोमबार, भाद्र १ २०७७
31.6K
SHARES

काठमाडौं । भारत उत्तर प्रदेशका मन्त्री चेतन चौहानको निधन भएको छ ।

७२ वर्षीय चौहानको कोरोना संक्रमणका कारण मृत्यु भएको उहाँका भाइ पुष्पेन्द्रले पुष्टि गरेका हुन् ।

चौहानको गुरुग्राम मेदान्त अस्पतालमा कृत्रिम श्वासप्रश्वासको व्यवस्था गरी उपचार हुँदै आएको थियो ।

उहाँको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री मोदीले चौहानलाई शानदार क्रिकेटर र मेहनती राजनेताको रुपमा स्मरण गर्नुभएको छ ।

चौहानको अन्त्येष्टि भोली हुने जनाइएको छ । पूर्व भारतीय क्रिकेटरसमेत रहनुभएका चौहान सैनिक कल्याण, होमगार्ड र नागरिक सुरक्षा मन्त्री हुनुहुन्थ्यो । (एजेन्सी)


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा