शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ६ पुग्यो


  • सोमबार, भाद्र १ २०७७
11.6K
SHARES

फाइल तस्विर

नेपालमा कोरोना भाईरस (कोभिड-१९) संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ सय ६ पुगेको छ । वीरगञ्जको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका रौतहटका युवकमा पछिल्लो पटक कोरोना संक्रमण पुष्टि भएको छ ।

३२ वर्षका ती युवकको परिक्षण गर्दा कोरोना संक्रमण देखिएको नारायणी अस्थायी कोरोना विशेष अस्पतालले जनाएको छ ।

यस्तै हिजो ललितपुरको पाटन अस्पतालमा पनि एक जना कोरोना संक्रमितले ज्यान गुमाएका थिए । गत साउन २० गतेदेखि अस्पतालमा उपचार गराइरहेका काठमाडौंका ६० वर्षीय पुरुषको निधन भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले हिजो दिउँसो गरिएको प्रेस ब्रिफिङमा नेपालमा कोरोनाबाट १ सय ४ जनाले ज्यान गुमाएको जनाकारी दिनुभएको थियो ।

तर त्यसपछि ललितपुरमा एक र विरगञ्जमा एक मृतक थपिएसँगै देशभर कुल मृतकको संख्या १ सय ६ पुगेको हो । ्र

प्रवक्ता गौतमले पछिल्लो पटक १२ हजार २ सय ४७ जनामा गरीएको पीसीआर परीक्षणमा ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

यो सँगै कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ । हिजो थपिएका संक्रमितमा सबैभन्दा बढी काठमाडौं उपत्यकाका रहेका छन् । उपत्यकामा मात्रै १ सय ७२ जना थपिएका हुन् ।

मन्त्रालयका अनुसार काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा