१ भदौ, काठमाडौं ।
स्पानियस जायन्ट बार्सिलोनाले प्रशिक्षक के सेटिएनलाई बर्खास्त गरेको छ । जनवरीमा एर्नेस्टो भेलभेर्डेलाई बर्खास्त गर्दै सेटिएनलाई प्रशिक्षक बनाइएको थियो । तर उनले स्पानि ला लिगा र च्याम्पियन्स लिग दुवै जिताउन सकेनन् ।
च्याम्पियन्स लिग क्वाटरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हार पछि ६१ वर्षीय सेटिएनको जागिर धरापमा परेको थियो ।
बार्सिलोनाका प्रशिक्षक वफसेफ मारिया बार्तामेउले सेटिएन बाहिरिएको टेम्पो डि जुएगासँगको कुराकानीमा बताएका हुन् । उनले भनेका छन्, ‘सेटिएन इज आउट ।’
यसबारे क्लबले आधिकारिक रुपमा सार्वजनिक गरिसकेको छैन ।
अब सेटिएनको स्थानमा नेदरल्याण्ड्सको प्रशिक्षक रोनाल्ड कोएमन, टोटनहमका पूर्व प्रशिक्षक माउरिसियो पोचेटिनो र अल शादका मध्ये एक जना प्रशिक्षक बन्ने चर्चा छ ।
कोएमन बार्सिलोनाका पूर्व खेलाडी समेत हुन् । यस्तै पोचेटिनोले ला लिगाकै स्पानयोलको प्रशिक्षण सम्हालिसकेका थिए । जाभी पनि बार्सिलोनाका पूर्व मिडफिल्डर हुन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।