काठमाडौँ- नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पर्सा जिल्ला वीरगन्ज महानगरपालिका १६ बस्ने ६८ वर्षीया महिलाको शनिबार निधन भएको हो ।
ज्वरो, खोकी तथा स्वासप्रश्वासमा समस्या भएपछि १४ साउनमा वीरगन्जस्थित नारायणी बयोधा अस्पतालको आइसियूमा भर्ना गरिएकोमा अवस्था जटिल भएपछि शनिबार नारायणी कोभिड अस्पताल रेफर गरिएको थियो ।
अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
यो संगै नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुने संख्या ५७ पुगेको छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।