शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

पाटन अस्पतालको आइसियूमा उपचाररत् कोरोना संक्रमित महिलाको मृत्यु


  • शुक्रबार, साउन १६ २०७७
16.3K
SHARES

फाइल तस्विर

ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत् ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

आइसियूमा उपचाररत उनको शुक्रबार बिहान ९ बजेतिर मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले जानकारी दिए।

उनलाई गत साउन ६ गते अस्पताल भर्ना गरिएको थियो। मृतक महिला ललितपुर थसिखेलका बासिन्दा रहे पनि उनी योबीचमा वीरगन्जबाट आएकी थिइन्।

त्यसपछि स्टार अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई पाटन अस्पताल भर्ना गरिएको थियो। उनमा निमोनियाको समस्या रहेको डा. शर्माले जनाए।

 

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा