काठमाडौँ- नेपालमा थप २७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १९५४७ पुगेको छ । हाल सम्म कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५२२७ रहेको छ।
त्यस्तै आजै थप २२७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसंगै कोरोना भाइरस निको भएर घर फर्किनेको संख्या १४२४८ पुगेको छ।
त्यस्तै नेपालमा कोरोना भाइरसको कारण थप ३ जनाको मृत्यु भएको छ। यो संगै नेपालमा कोरोना भाइरसको कारण हालसम्म मृत्यु हुनेको संख्या ५२ पुगेको छ।
संक्रमितहरू सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।