काठमाडौं । प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकको अन्तिममा सभामुख डीपी अर्यालले आगामी बैठक साउन १४ गते बस्ने सूचना पढेर सुनाएका हुन् ।
उनले बैठक नभएको समयमा जनतामाझ जान सांसदहरूलाई आग्रह गरे। उनले जनताका समस्या बुझ्न र सोहीअनुसार आगामी बैठकमा सरकारको ध्यानाकर्षण गराउन भनेका हुन् ।
आजको प्रतिनिधिसभाको बैठक अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । उक्त बैठकमा साउन १४ गते अर्को बैठक डाक्ने सहमति भएको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।