शुक्रबार, साउन ८ २०८३
ताजा अपडेट

संसद्ले गर्‍यो अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि अनुमोदन


  • बुधबार, असार ३१ २०८३
1.4K
SHARES

काठमाडौं । प्रतिनिधिसभाले श्रम संगठनको बाध्यकारी श्रम महासन्धि अनुमोदन गरेको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ लाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

जसलाई सभाले स्वीकृत गरेको हो ।

आजै प्रतिनिधिसभाले अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ (नं. ८१) लाई अनुमोदन गर्ने कार्यसूची छ ।

दोस्रो प्रस्तावमाथि सभामा सभामा छलफल जारी छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा