शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

मकवानपुरको मनहरीमा बस दुर्घटना, ५ जना घाइते


  • बुधबार, असार २४ २०८३
1.1K
SHARES

मकवानपुरको मनहरी–७, रमनटारस्थित पूर्व पश्चिम सडकखण्डमा वीरगंजबाट लमजुङ जाँदै गरेको बस गएराति दुर्घटनामा परेको छ ।

ना ५ ख ५३१९ नम्बरको बसमा सवार १६ मध्ये घाइते ५ जनालाई उद्वार गरी उपचारका लागि मनहरी अस्पतालमा पठाइएको र त्यहाँबाट चितवन रिफर गरिएको छ ।

प्रहरीका अनुसार, बस चालक, सर्लाहीका ३९ वर्षीय भीम बहादुर बिक, यात्रुहरु चितवन, भरतपुर–४ का ३० वर्षीय संजय तामाङ, पर्सा, परवानीपुरका ५४ वर्षीय मोहम्मद आजाद, बारा, देवताल–१ का २३ वर्षीय राजकुमार राम र भारत, मोतिहारीका २५ वर्षीय सुदिर कुमारको घाइते भएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा