काठमाडौं । नेपाल पर्यटन बोर्डको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले पाएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार गरेको निर्णय अनुसार ऐरलाई कार्यालय प्रमुखको हैसियतमा कार्यसम्पादन गर्ने गरी जिम्मेवारी तोकिएको हो ।
सरकारले अध्यादेश ल्याएपछि बोर्ड सीईओ दीपकराज जोशी पदमुक्त भएका थिए । अध्यादेशपछि बोर्ड नेतृत्व रिक्त थियो । सोही रिक्तता पूर्ति गर्न तत्कालका लागि वरिष्ठताका आधारमा ऐरलाई निमित्त सीईओको जिम्मेवारी दिइएको हो ।
ऐर २६ वर्षदेखि बोर्डमा कार्यरत छन् । उनले पछिल्लो १५ वर्षदेखि विभिन्न महाशाखा प्रमुखको जिम्मेवारी सम्हालेका थिए । यसअघि पनि बोर्डको नेतृत्व रिक्तताको समयमा ऐरले नै निमित्त सीईओको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।