शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

चीनलाई ट्रम्पको धम्की- इरानलाई मद्दत गरे ५० प्रतिशत भन्सार शुल्क लगाउनेछौँ


  • सोमबार, चैत्र ३० २०८२
4.1K
SHARES

काठमाडौं । अमेरिकी राष्ट्रपति ट्रम्पले चीनलाई इरानको मद्दत नगर्न धम्की दिएका छन्। उनले आइतबार एक अन्तर्वार्तामा यदि चीनले इरानलाई सैन्य मद्दत गरेको पाइयो भने, त्यसमाथि ५० प्रतिशतसम्म भन्सार शुल्क लगाउने धम्की दिएका हुन् ।

ट्रम्पले बेलायत र अन्य केही देशहरूले होर्मुज स्ट्रेटमा बारुदी सुरुङ हटाउने नौसैनिक जहाजहरू पठाउने पनि बताए ।

ट्रम्पले नेटोप्रति असन्तुष्टि व्यक्त गर्दै आवश्यकताको समयमा सङ्गठन अमेरिकाको साथमा नरहेको बताएका छन्। ट्रम्पले अमेरिकाले नेटोमा भारी खर्च गर्ने तर अपेक्षाअनुसार समर्थन नपाएको बताए। उनले आफू नेटोदेखि निराश रहेको र यस विषयमा गम्भीर समीक्षा गरिने बताए।

यसअघि ट्रम्पले सही समय आएपछि आफ्नो देशले इरानविरुद्ध कारबाही गर्ने बताएका थिए। उनले यसका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा