काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपाका तर्फबाट काठमाडौँं क्षेत्र नं. ४ मा युवा नेता रामप्रसाद भट्टराईले आफ्नो उम्मेदवारी दावी पार्टीमा दर्ता गराएका छन् ।
नेपाल स्काउटको कार्याकारी निर्देशक भएर ६ बर्ष काम गरेका भट्टराईले त्रिभुवन विश्वबिद्यालयबाट द्वन्द्व, शान्ति र विकासमा स्नातकोत्तर गरेका छन् । बिशेष गरी युवाको क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा अनुभव हाँसील गरेका भट्टराईले काँग्रेस महामन्त्री समेत रहेका नेता गगन थापालाई रास्वपाका तर्फबाट टक्कर दिने रास्वपाका नेता कार्यकर्ताले बताएका छन् ।
काठमाडौँं क्षेत्र नं. ४ मा रास्वपा नेता राजिव खत्रि उठ्ने चर्चा चलेपनि उनले काठमाडौ क्षेत्र नं. १० बाट उम्मेदवारी दावि दिइसकेको बताइएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।