शनिबार, भाद्र २७ २०८३
ताजा अपडेट

दाङमा कुलोले बगाएर एक जनाको मृत्यु


  • शुक्रबार, असोज १० २०८२
5.1K
SHARES

१० असोज, काठमाडौं । दाङमा कुलोले बगाएर एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपलिका-१३ सेवार वनगाउँ बस्ने ७६ वर्षीय सन्तु गिरीको मृत्यु भएको हो ।

गिरीलाई बिहीबार बेलुका बाहुन डाँडा कुलोले बगाएको थियो ।

कुलोले बगाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीको टोली उनको खोजीमा जुटेको थियो । खोजीको क्रममा उनको शव वनगाउँ चोक नजिकै कुलोमा फेला परेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा