शुक्रबार, भाद्र ५ २०८३
ताजा अपडेट

बुढानीलकण्ठ मन्दिर परिसरमा यसरी गरियो सरसफाइ, हेर्नुस् तस्विहरुसहित


  • शनिबार, भाद्र १४ २०८२
5.2K
SHARES

काठमाडौँ । काठमाडौँ – प्रहरी प्रभाग बुढानीलकण्ठ, सामुदायिक प्रहरी सेवा केन्द्र बुढानीलकण्ठको संयुक्त आयोजना र नेपाल अटो मेकानिक ट्रेड युनियनको सहकार्यमा आज बिहान बुढानीलकण्ठ मन्दिर परिसरमा जनचेतनामूलक सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख उद्देश्य समाजमा स्वच्छता र वातावरणीय सचेतना फैलाउनु रहेको बताइएको छ । यस अवसरमा सहकार्यकर्ताको तर्फबाट सरोज श्रेष्ठले नेपाल प्रहरीको योगदानको प्रशंसा गर्दै भने, हरपल समाजका लागि खटिने नेपाल प्रहरीलाई उच्च सम्मान व्यक्त गर्दछु । साथै हाम्रो स्वच्छता अभियानलाई साथ, सहयोग हौसलाका जोडिनु भएका सम्पुर्णमा धन्यवाद ज्ञापन गर्दछु ।

कार्यक्रममा स्थानीय नागरिक, प्रहरी कर्मचारी र अटो मेकानिक ट्रेड युनियनका सदस्यहरूले सामूहिक रूपमा सरसफाइ गतिविधिमा भाग लिएका थिए । यस अभियानले बुढानीलकण्ठ क्षेत्रको स्वच्छता र नागरिक सचेतनामा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

कार्यक्रममा बुढानीलकण्ठका स्थानीय समुदायका प्रतिनिधि र प्रहरी अधिकारीहरूले पनि उपस्थित भएर सरसफाइ अभियानमा सहभागिता जनाएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा