शनिबार, साउन ९ २०८३
ताजा अपडेट

भैरहवामा रास्वपाको संसदीय दल बैठक आज बस्दै


  • बुधबार, साउन १४ २०८२
8.2K
SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज भैरहवामा बस्ने भएको छ । पार्टी सभापति रवि लामिछाने थुनिएको भैरहवा कारागार नजिकैको एक होटलमा बैठक राखिएको हो ।

आज अपराह्न १ बजेदेखि ४ बजेसम्म संसदीय दलको बैठक आह्वान गरिएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । उनले जारी गरेको सूचनामा बैठक कसले आह्वान गरेको भन्ने उल्लेख छैन ।

रास्वपा अहिले संसदीय दलको नेताविहीन छ । सभापति रवि लामिछानेको सांसद पद निलम्बित भएपछि अर्को संसदीय दलको नेता चयन गरिएको छैन भने कसैलाई कार्यवाहक पनि दिइएको छैन । संसदीय दलभित्रको संयोजन भने उपनेता विराजभक्त श्रेष्ठले गर्दै आएका छन् ।

बैठकका लागि रास्वपाका अधिकांश सांसदहरू हिजै भैरहवा पुगिसकेका छन् । भैरहवाको रमादा होटलमा बैठक बस्ने छ, जुन सभापति लामिछाने रहेको कारागारबाट १०–१५ मिनेटको मात्र दुरीमा छ । बैठकले संसदमा पार्टीको आगामी रणनीति तय गर्ने सांसद गणेश पराजुलीले जानकारी दिए ।

रास्वपाले लामो समयदेखि भिजिट भिसा प्रकरणमा अनुसन्धानको माग गर्दै संसद अवरोध गर्दै आएको छ । पार्टीले गर्दै आएको संसदको अवरोधको विषयमा पनि समीक्षा हुने बुझिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा