शनिबार, साउन ९ २०८३
ताजा अपडेट

चार दिनमा ४ हजार घट्यो सुन


  • सोमबार, साउन १२ २०८२
41.2K
SHARES

फाइल तस्विर

काठमाडौं । चार कारोबार दिनमा सुन प्रतितोला ४ हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन ७ गते एक लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको सुन घटेर अहिले १ लाख ९३ हजार ६ सय रुपैयाँमा कायम भएको छ ।

आइतबार र सोमबार यहीं मूल्यमा सुनको कारोबार भएको महासंघले जनाएको छ । सोमबार सुनको भाउ अघिल्लो दिनको तुलनामा स्थिर भएको हो । वैशाख ९ गते हालसम्मकै उच्च प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

चाँदी भने तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २२९० रुपैयाँमा कारोबार भएको चाँदी आज २२९५ रुपैयाँ पुगेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा