शनिबार, भाद्र २७ २०८३
ताजा अपडेट

देशभर ७८ प्रतिशत बढी भूभागमा रोपाइँ


  • सोमबार, साउन १२ २०८२
3.2K
SHARES

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष आइतबारसम्म देशभर ७८ दशमलव ८४ प्रतिशत धान रोपाइँ भएको जनाएको छ ।

मन्त्रालयकाअनुसार कोशी प्रदेशमा ८०.३९ प्रतिशत, मधेश प्रदेशमा ५१.८२ प्रतिशत, बागमती प्रदेशमा ८७.१९ प्रतिशत भूभागमा रोपाइँ भएको छ ।

त्यसैगरी गण्डकीमा ८.५३ प्रतिशत, लुम्बिनीमा ९२.०४ प्रतिशत कर्णाालीमा ९१.३८ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९८.९४ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ ।

गत वर्ष साउन १३ गतेसम्म ९२.६ प्रतिशत भूभागमा रोपाइँ भएको थियो । यो वर्ष मधेस प्रदेशलगायतका केही क्षेत्रमा पानी नपरेका कारण गत वर्षको तुलनामा हालसम्म कम क्षेत्रमा रोपाइँ भएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा