शुक्रबार, भाद्र ५ २०८३
ताजा अपडेट

रुपन्देही- ३ बाट चुनाव लड्ने किरण बिकको घोषणा


  • शुक्रबार, साउन ९ २०८२
3.6K
SHARES

काठमाडौं । किरण बिकले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारीको घोषणा गरेका छन्। काठमाडौँमा आज पत्रकार सम्मेलन गरी बिकले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

आफूलाई सामाजिक उदारवादी र समावेशी मूल्य-मान्यताको समर्थकका रूपमा प्रस्तुत गर्दै बिकले भैरहवालाई ‘क्रिप्टो भ्याली’बनाउने महत्वाकांक्षी एजेन्डा अगाडि सारेका छन्।

विगत ११ वर्षदेखि राजनीति, फिल्म मेकिङ र लेखनमा सक्रिय रहेका बिकले उदार लोकतन्त्र र मिश्रित अर्थतन्त्रलाई आफ्नो राजनीतिक दर्शन बताए। उनले खुला समाजको समर्थन गर्दै महिला, मधेसी, जनजाति, मुस्लिम, दलित, थारु, अपाङ्ग लगायतका अल्पसंख्यक तथा सीमान्तकृत समुदायको हकहित र एलजीपीटीआईको अधिकारको पक्षमा वकालत गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले भैरहवालाई आर्थिक राजधानी र अन्तर्राष्ट्रिय मनोरञ्जन पर्यटकीय सहरका रूपमा विकास गर्ने, लुम्बिनी महानगरको अवधारणालाई कार्यान्वयन गर्ने, र व्यवस्थित सहरीकरण गर्ने योजना पनि प्रस्तुत गरे। जलवायु परिवर्तनको असरबाट भैरहवालाई जोगाउने, संवैधानिक अदालतको छुट्टै व्यवस्था गर्ने, रुपन्देही ३ लाई आधुनिक कृषिको केन्द्र बनाउने र शैक्षिक हबका रूपमा स्थापित गर्ने पनि उनका एजेन्डाहरूमा समावेश छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा