शनिबार, साउन ९ २०८३
ताजा अपडेट

१० वर्षदेखि निष्क्रिय खाता बन्द गर्दै प्राइम बैंक


  • बिहिबार, साउन ८ २०८२
6.9K
SHARES

खातामा पैसा नभएका र लामो समयदेखि निष्क्रिय रहेका खाताहरुलाई प्राइम बैंकले बन्द गर्ने भएको छ। बैंकले बिहीबार सार्वजनिक सूचना निकाल्दै १० बर्षदेखि संचालन नभई शून्य मौज्दातमा रहेका निष्क्रिय रहेका खाताहरुलाई बन्द गर्न लागेको हो।

उक्त अवधिभर कुनै कारोबार नभएको र खातामा पैसा पनि नभएको अवस्थामा मात्रै बैंकले बन्द गर्ने जनाएको छ। यद्यपि त्यस्ता खाताहरू पुनः सञ्चालनमा ल्याउन चाहेकमा खातावालहरुले यो सूचना प्रकाशित भएको ७ दिन भित्र बैंकको जुनसुकै शाखाकार्यलयमा गएर सूचारु गर्न सक्नेछन्।

यदि उक्त समयमा सूचनारु गर्न नसकेमा बैंकले स्वत त्यस्ता खाताहरुलाई बन्द गर्ने जनाएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा