शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सामाजिक सञ्जालसम्बन्धी विधेयक जस्ताको तस्तै पारित हुन दिँदैनौं : गगन थापा


  • बिहिबार, साउन ८ २०८२
3.6K
SHARES

फाइल तस्विर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालसम्बन्धी विधेयक, २०८१ आपत्तिजनक रहेको बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले संसदमा सामाजिक सञ्जालसम्बन्धी विधेयक दर्ता गराएको तर यसलाई जस्ताको त्यस्तै पारित हुन नदिने बताए ।

सामाजिक सञ्जालसम्बन्धी विषय प्रधानमन्त्रीदेखि हुनेवाला प्रधानमन्त्रीसम्मका लागि महत्त्वपूर्ण रहेको बताए । उनले विधेयकमा रहेको विषयवस्तुहरू आधारभूत रुपमा नै गलत रहेको बताए ।

‘प्रधानमन्त्रीदेखि हुनेवाला प्रधानमन्त्रीसम्मलाई यो विषय चाहिएको छ । त्यसको प्रमाण अहिले संसदमा आएको विधेयक हो । संसदमा आएको विधेयक आपत्तिजनक छ । त्यो विधेयक जस्ताको त्यस्तै पारित हुँदैन । हामी हुन दिन्नौँ,’ महामन्त्री थापाले भने, ‘त्यसको कन्सेप्ट, फण्डामेन्टल्ली त्यो गलत छ । आधारभूत रुपमा किन गलत छ भने यसलाई नियन्त्रण गर्नुपर्छ भन्ने सोचबाट आएको छ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा