शुक्रबार, भाद्र ५ २०८३
ताजा अपडेट

एक महिनामा रवि लामिछानेको पक्षमा २७ लाख ५० हजार हस्ताक्षर


  • बिहिबार, साउन ८ २०८२
3.2K
SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा २७ लाख ५० हजार ६७७ हस्ताक्षर संकलन भएको छ। सरकारले पार्टी सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध राखेको भन्दै अहिले हस्ताक्षर अभियान चलाइरहेको छ।

अभियान थालेको एक महिनामा २७ लाख ५० हजार ६७७ हस्ताक्षर पार्टीको रेकर्डमा आइपुगेको रास्वपाका नेता प्रमोद न्यौपानेले बताए। उनका अनुसार अहिले सभापति लामिछानेको अपिल लिएर हस्ताक्षर अभियान देशभर वडा तहमा चलाइरहेको छ।

विदेशमा पनि हस्ताक्षर अभियान चलिरहेको भन्दै अभियान केही लामो समयसम्म चल्ने देखिएको बताए। अहिलेसम्म ५५ लाख १३ हजार २०७ रुपैयाँ आर्थिक संकलन भएको उनले बताए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा