जनकपुरधाम । मधेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले मधेश सरकार परिवर्तनको अहिले कुनै सम्भावना नरहेको बताएका छन् । पछिल्लो समय कांग्रेस र एमालेले अर्को सरकारको बारेमा अभ्यास गरिरहेको भन्दै भ्रम फिजाइएको भन्दै उनले आपत्तिसमेत जनाएका छन् ।
‘मधेशमा अर्को सरकार गठनबारे हाम्रो पार्टीभित्र र गठबन्धनमा कुनै छलफल भएको छैन । तर, अफवाह फैलिंदा सरकारको गरिमा घटेको छ’, एमाले संसदीय दलका नेता समेत रहका उनले भने, ‘अहिले यही सरकारले निरन्तरता पाउँछ । नयाँ सरकार गठनको कुनै प्रयास भएको छैन ।’
मधेशमा पछिल्लो समय जनमत नेतृत्वको सरकार परिवर्तनको चर्चा चलिरहेको बेला मन्त्री यादवले सो कुरा प्रष्ट पारेका हुन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।