चितवनमा अण्डाको मूल्य हालसम्मको उच्च भएको छ । उत्पादन घटेपछि मूल्य बढेको हो । यससँगै किसानले अण्डाको लागत मूल्य पाएका छन् ।
नेपाल लेयर्स कुखुरापालक संघकाअनुसार आजदेखि लागू हुने नयाँ दररेट अनुसार ठूलो अण्डाको मूल्य प्रति क्रेट (३० वटा) रु ५२५ र मध्यम अण्डाको रु ४९५ कायम गरिएको छ ।
चितवनलाई आधार मानी देशभरका लागि दररेट तय गरिएको हो। सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार बिक्री मूल्य प्रतिपेटी (सात क्रेट)को रु तीन हजार ८५५ र मिडियमको रु तीन हजार ६४५ कायम गरिएको छ ।
अध्यक्ष पोखरेलका अनुसार यसअघि गत वर्षको भदौमा ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु पाँच सय १० पुगेको थियो । उनले भने, “हालसम्मकै उच्च रेट अण्डाको कायम भएको छ ।” यससँगै किसानले लागत मूल्य पाएको उनले बताए । अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा रहेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।