शुक्रबार, भाद्र ५ २०८३
ताजा अपडेट

२१२औँ भानु जयन्तिको अवसरमा एक लाख एक रुपैयाँको पुरस्कार घोषणा


  • बिहिबार, साउन १ २०८२
4.6K
SHARES

२१२औँ भानु जयन्तिको अवसर पारेर असार २९ गते विश्व शान्ति तथा एकीकृत परिवार संघले आफ्नो केन्द्रिय कार्यालय काठमाडौँमा कविता वाचन कार्यक्रम सम्पन्न्न गरेको छ।

भिष्म उप्रेती प्रमुख अतिथि रहनुभएको यस कार्यक्रममा संस्थाका दक्षिण एसिया निर्देशक कृष्ण अधिकारी सभापति हुनुहुन्थ्यो। कार्यक्रममा सन्तोष कुमार पोखरेल, स्नेह सायमी र रन्जना निरौला कृष्ण बाउसे, भोज कुमार धमाला, रमि प्रीया, सुबास सिंह पराजुली, उजाला कपाली लगायतका १८ जना चर्चित अतिथि कविहरुले कविता वाचन गर्नुभएको थियो साथै केहि सहभागी कविहरुको बाचनले कार्यक्रम गरमागरम भएको थियो।

उक्त समारोह बीच कवि रुपसिसंह भण्डारीको संयोजकत्वमा “शान्ति साहित्य सभा” नामक साहित्यिक संस्था को पनि उद्धघाटन गरिएको थियो। यस साहित्यिक संस्थाले हरेक वर्ष उत्कृष्ट एक जना कविलाई एक लाख एक रुपैयाँ बराबरको शान्ति साहित्य पुरस्कार दिने निर्णय गरेको छ । स्वागत मन्तव्य एच.बि. खत्रीले दिनु भएको उक्त कार्यक्रममा समाजसेवी विनोद डांगीले धन्यावाद ज्ञापन गर्नुभएको थियो।

प्रमुख अतिथि भिष्म उप्रेतीले भानु भक्तको नेपाली साहित्य प्रतिको प्रेमले उहालाई नेपाली समाजले अनन्त देखि आदि काल सम्म सम्झिरहने कुराको स्मरण गर्नु भएको थियो। कार्यक्रमा बोल्दै उहाले भानु भक्त को नेपाली साहित्यमा अतुलनीय योगदानलाइ सदा सर्बदा नेपाली साहित्यले सिरोधार्य गर्नु पर्ने कुरामा जोड दिनुभएको थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा