शनिबार, साउन ९ २०८३
ताजा अपडेट

रास्वपा र राप्रपाले आफ्नो धारणा राखेपछि प्रतिनिधिसभा बैठक बहिस्कार


  • सोमबार, असार ३० २०८२
2.7K
SHARES

फाइल तस्विर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधवारको प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राखेर बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन नगरिएको भन्दै दुवै पार्टीले आफ्नो धारणा राखेर बैठक बहिस्कार गरेका हुन् ।

सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै रास्वपा र राप्रपाका सांसदले उठेर विरोध जनाएका थिए । लगत्तै सभामुख घिमिरेले रास्वपा सांसद अशोक चौधरीलाई धारणा राख्न समय दिए ।

लगत्तै सभामुख घिमिरेले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई धारण राख्ने समय दिएका थिए ।

राप्रपाका अध्यक्ष लिङदेनले पनि भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको माग अनुसार समिति गठन नभएसम्म आफूहरूको विरोध जारी रहने बताए ।

दुवै दलका तर्फबाट आफ्नो धारणा राखिसकेपछि दुवै पार्टीका सांसद संसद बैठकबाट बाहिरिएका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा