शुक्रबार, साउन ८ २०८३
ताजा अपडेट

चेल्सी क्लब विश्वकपको फाइलनमा


  • बुधबार, असार २५ २०८२
9.7K
SHARES

इङ्लिस क्लब चेल्सी फिफा क्लब विश्वकपको उपाधि नजिक पुगेको छ। पहिलो सेमिफाइनलमा ब्राजिलियन क्लब फ्लुमिनेन्सेलाई पराजित गर्दै चेल्सी फाइनलमा पुगेको हो।

अमेरिकाको न्युजर्सी स्थित मेटलाइफ स्टेडियममा भएको खेलमा चेल्सी २-० गोलले विजयी भयो। चेल्सीको जितमा दुबै गोल जोआओ पेड्रोले गरे। ब्राजिलियन फरवार्ड पेड्रोले खेलको १८ र ५६ मिनेटमा गोल गरेका थिए।

अब उपाधिका लागि चेल्सीले स्पेनिस क्लब रियल म्याड्रिड र फ्रेन्च क्लब पिएसजी मध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। पिएसजी र रियलबीचको दोस्रो सेमिफाइनल आज राति हुँदैछ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा