शुक्रबार, साउन ८ २०८३
ताजा अपडेट

बुद्ध जयन्तीको अवसरमा जुगलले गर्यो शान्ति र्याली कार्यक्रम (तस्बिरसहित)


  • सोमबार, बैशाख २९ २०८२
20.3K
SHARES

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १०, कपनमा रहेको जुगल नवगुरुकुल स्कुलले बुद्ध जयन्तीको अवसरमा शान्ति र्याली कार्यक्रम आयोजना गरेको छ । २५६९औँ बुद्ध जयन्तीको अवसरमा आज बिहान विद्यार्थीहरूसहितको सहभागितामा शान्ति र्याली गरेको हो ।

र्यालीमा अध्ययनरत विद्यार्थीहरू सहित स्थानीय व्यक्तिहरू, स्कुलका शिक्षक शिक्षिकाको पनि सहभागी भएका थिए ।
बिहान ७ बजेदेखि स्कुल प्राङ्गणबाट विद्यार्थीहरूलाई लामबद्ध बनाई र्यालीलाई सुरु गरिएका थियो भने कपन मिलन चोक, नारायण चोक, रुद्रमति चोक, आकाशेधारा लगायतका ठाउँलाई परिक्रमा गर्दै पुनः स्कुल ल्याइएको थियो ।

र्यालीमा बुद्धको सन्देश केन्द्रित गर्दै विद्यार्थीहरूले प्ले कार्ड प्रदर्शन गरेका थिए ।

हरेक वर्ष जुगलले बुद्ध जयन्ती अवसरमा शान्ति र्याली कार्यक्रम गर्दै आएको छ । यस वर्ष पनि समाजमा बुद्धको सन्देशलाई फैलाउन सकूँ भन्ने उद्देश्यका साथ र्यालीको आयोजना गरेका हौँ, स्कुलका फाउण्डर, प्रिन्सिपल रुपक लामिछानेले बताउनु भयो ।

शान्तिका अग्रदूतका रूपमा विश्व परिचित सिद्धार्थ गौतम अर्थात् गौतम बुद्धको २५६९औँ जयन्ती पूजा आज देशैभर मनाई रहँदा जुगलले पनि आफ्नो तर्फबाट समाजका लागि योगदान दिन सकौँ भनेर विशेष शान्ति र्याली कार्यक्रम गरेका हौँ, स्कुलका अध्यक्ष डिपी आचार्यले बताउनु भयो । ‘आज अन्य स्कुलहरू बिदा भइरहँदा जुगलका विद्यार्थीहरू भने शान्ति र्यालीका लागि उत्साहित हुँदै सहभागी हुन आउनु भयो । यसका लागि विशेष धन्यवाद व्यक्त गर्दछु ।’

अध्यक्ष आचार्य भन्नुहुन्छ, ‘आजको शान्ति र्याली हामीले सोचे अनुरूप नै सभ्य, भव्य रूपमा सम्पन्न गर्न सफल भयौँ । र्यालीमा सहभागी हुनु हुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछु ।’

तस्विरः जुगल नवगुरुकुल स्कुल


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा