राष्ट्रिय महिला फुटबल खेलाडी प्रीति राई सम्मानित हुनुभएको छ । सिर्जनशील युवा समाज थुलुङ दूधकोशी गाउँपालिका, सोलुखुम्बुको काठमाडौं सम्पर्क समितिको आयोजनामा राईलाई ५५ हजार ५५५ रुपियाँ नगदसहित सम्मान गरिएको हो ।
सोलुखुम्बुमा जन्मेर राष्ट्रिय महिला फुटबल टीमको उत्कृष्ट खेलाडीका रुपमा परिचित राईलाई सोलुखुम्बुको गौरवका रुपमा सम्मान गरिएको समाजका अध्यक्ष योग्यप्रसाद राईले जानकारी दिनुभयो ।
शनिवार नेपाल सरकारका रक्षा मन्त्री मानवीर राई, कोशी प्रदेससभा सदस्य गोम्बु शेर्पा र थुलुङदूधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले संयुक्त रुपमा सम्मान गर्नुभएको हो । सम्मानपछि खेलाडी राईले खेल क्षेत्रबाट देशलाई चिनाउन लागिपर्ने बताउनुभयो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।