ला लिगा लिडर बार्सिलोनाले आफ्नो अपराजित यात्रा २४ खेलसम्म कायम राख्न सफल भएको छ। तर बार्सिलोनाले गएराति रेलिगेसन नजिक रहेको लेगानेसमाथिको कठिन जितमा भने आफ्नो उत्कृष्ट प्रदर्शन गर्न सकेन।
जर्ज साएन्जको आत्मघाती गोलमा घरेलु टोलीले खेलको ४८औँ मिनेटमा गोल खान पुग्यो।
राफिन्हाको क्रसलाई लेवान्डोस्कीबाट जोगाउन खोज्दा जर्जले आफ्नो पोस्टमा प्रहार गरे। हान्सी फ्लिकको टोली १–० को अग्रतापछि केही आक्रामक बनेको थियो।
यो जितले शीर्ष स्थानमा बार्सिलोनाको अग्रता ७ अंकमा पुर्याएको छ। तर एक खेल कम खेलेको रियल मड्रिडले आइतबार राति अलाभेससँग खेल्दै छ। रियलले यो खेल जितेमा बार्सिलोनाको अग्रता ४ अंकमा झर्नेछ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।