आज (आइतबार) पनि देशभर तर केही ठाउँमा हिमपात तथा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
कोसी प्रदेश: दिउँसो हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपात तथा पहाड र तराईका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ। राति हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपात तथा पहाड र तराईका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
मधेस: प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। राति भने वर्षाको सम्भावना छैन।
बागमती प्रदेश: दिउँसो हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपात तथा पहाड र तराईका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। राति भने कतै हिमपात तथा वर्षाको सम्भावना छैन।
गण्डकी प्रदेश: दिउँसो हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपात तथा पहाड र तराईका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। राति पनि हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपात तथा पहाडका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
लुम्बिनी प्रदेश: दिउँसो पहाड र तराईका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। राति भने वर्षाको सम्भावना छैन।
कर्णाली प्रदेश: दिउँसो पहाडका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। राति भने वर्षाको सम्भावना छैन।
सुदूरपश्चिम प्रदेश: दिउँसो पहाड र तराईका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। राति भने वर्षाको सम्भावना छैन।