शनिबार, साउन ९ २०८३
ताजा अपडेट

आज पनि बढ्यो सुनको मूल्य


  • आइतबार, चैत्र ३१ २०८१
5.4K
SHARES

फाइल तस्विर

दुई दिनमा नौहजार ६ सय रुपैयाँ बढेको सुनको मूल्यले आज फेरि अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड कायम गरेको छ।
बिहीबार तोलामा पाँच हजार सातसय र शुक्रबार तोलामा तीन हजार नौसय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक हजार रुपैयाँ बढेर अहिलेसम्मकै सबैभन्दा महँगो बनेको हो।

आज सुनको मूल्य प्रतितोला एक लाख ८६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार सुनकाे मूल्य एक लाख ८५ हजार रुपैयाँ थियाे।

आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँ बढेर एक हजार नौसय ६०रुपैयाँ पुगेको छ।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि बढेको हो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा