शुक्रबार, साउन ८ २०८३
ताजा अपडेट

जुगलले आजबाट सुरु गर्यो वार्षिक खेलकुद सप्ताह


  • शुक्रबार, माघ ११ २०८१
12.8K
SHARES

तस्विरः कपन अनलाईन

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १०, कपनमा रहेको जुगल नवगुरुकुल स्कुलले आजबाट वार्षिक खेलकुद सप्ताह सुरु गरेको छ । हरेक वर्ष आयोजना गर्दै आएको जुगलले यो वर्ष पनि स्कुलको प्राङ्गणमा एक विशेष उद्घाटन कार्यक्रमका आयोजना गर्दै खेलकुद सप्ताह सुरु गरेको हो ।
बुढानीलकण्ठ नगरपालिकाका प्रवक्ता एवं वडाध्यक्ष नवराज भट्टराईको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम गरिएको थियो भने कार्यक्रमको सभापतित्व विद्यालयका अध्यक्ष डोरप्रसाद आचार्यले गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले अहिलेको समय नै खेलकुद तथा खेलाडीको रहेको बताउँदै खेल खेलेरै कुनै पनि विद्यार्थी एवम् व्यक्तिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो परिचय बनाउन सकिने विचार व्यक्त गर्नु भएको थियो ।

करिब २०० विद्यार्थीहरूले संयुक्त रूपमा ड्रील प्रदर्शन गर्नुका साथै स्काउटका विद्यार्थीहरूले मार्च पास गरी उद्घाटन गरिएको थियो ।
खेलकुद सप्ताह अवधिभर ३ दर्जन बढी खेलकुद खेलाइने स्कुल प्रशासनले जनाएको छ । यस्तै खेलमा ५०० विद्यार्थी प्रत्यक्ष सहभागी हुने बताइएको छ ।

कार्यक्रममा बोल्दै प्रिन्सिपल रूपक लामिछानेले खेलकुदले बिद्यार्थीहरुमा अनुशासन, सहनशीलता एवं हार र जितमा आफूलाई कसरी स्थिर राख्ने भन्ने परिपक्वता सिकाउने हुँदा यसबाट शारीरिक रूपमा स्वस्थ रहनुका साथै पढाइमा पनि मानसिक रूपमा खेलकुदले सहयोग गर्ने हुँदा वार्षिक रूपमा योजना बनाएरै यो कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा