शुक्रबार, भाद्र ५ २०८३
ताजा अपडेट

बूढानीलकण्ठ माओवादी केन्द्रले शनिवार भव्य रूपमा चौथो अधिवेशन गर्दै


  • शुक्रबार, पुष १९ २०८१
5.1K
SHARES

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बूढानीलकण्ठ नगर समितिको चौथो नगर अधिवेशन शनिवार भव्य रूपमा हुने भएको छ । शनिवार बिहान ८ बजेबाट उक्त अधिवेशन सुरु हुने जनाइएको छ ।

कार्यक्रम किराँत चुम्लुङ्ग भवन बूढानीलकण्ठ नगरपालिका वडा ८ को भवनमा कार्यक्रम हुनेछ ।

अधिवेशनमा नगरका २०० जना प्रतिनिधिहरूको सहभागिता रहने माओवादी केन्द्र बूढानीलकण्ठ नगर समितिका अध्यक्ष भाइनारायण श्रेष्ठले बताए । श्रेष्ठ भन्छन्, ‘पार्टी प्रति काठमाडौँमा आकर्षण झनै बढेर गएको छ । बुढानीलकण्ठमा पनि हामी सोचे भन्दा बढी व्यक्तिहरू चासोका साथ जोडिन आउनु भएको छ । त्यस कारण पनि पार्टीको सिद्धान्त, सङ्गठन सुदृढीकरण र आगामी रणनीतिको विषयमा गहन छलफल गर्न आवश्यक ठानेर पनि कार्यक्रम भव्य बनाउन नगर समितिको सिंगो टिम लागेको छ । तयारी पुरा भएको छ । आशा छ आमन्त्रण गरिएका सबैले सहभागिता जनाउनु हुनेछ ।’

कार्यक्रममा पार्टीका शीर्ष नेताहरूको पनि उपस्थिति रहनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा