शुक्रबार, भाद्र ५ २०८३
ताजा अपडेट

बुढानीलकण्ठमा ‘भेटरन कप’ फुटसल प्रतियोगिता हुँदै


  • शुक्रबार, मंसिर १४ २०८१
13.8K
SHARES

“खेलकुदको माध्यमबाट स्वस्थ रहौँ, एकताको भाव जगाऔं” भन्ने मुल नाराका साथ देवि स्पोर्ट्स हाउसद्वारा ‘प्रथम देवी स्पोर्ट्स हाउस भेटरन कप २०८१’ फुटसल प्रतियोगिता आयोजना हुन लागेको छ ।

बुढानीलकण्ठ नगरपालिका वडा नं. ०३ सँगको सहकार्यमा स्पोर्ट्स हाउसले मंसिर २१ र २२ गते खेल सञ्चालन गर्न लागेको हो ।

भेटरन कप मार्फत फिटनेश प्रवर्द्धन गर्दै एकता र आत्मियताको भवना सिर्जना गर्ने र मनोरञ्जनात्मक प्रतिस्पर्धाले समाजमा भाईचाराको सम्बन्ध सुदृण गर्ने विश्वास लिएको वडा नं ०३ अध्यक्ष आकाश धितालले बताउनुभयो ।

वडा नं ०३ रुद्रेश्वर चोक स्थित देवि स्पोर्ट्स हाउसको फुटसल मैदानमा हुने उक्त प्रतियोगितामा नगरपालिकाका ४० वर्ष माथि उमेर समुहका स्थायी खेलाडीहरुको समुहले भाग लिन पाउने छन् । आयोजकका अनुसार १ टिममा २ जना सम्म ३५ वर्षका व्यक्तिहरु समेत समावेश गर्न पाईनेछ ।

यस प्रतियोगितामा सहभागी हुन दर्ता शुल्क रु. ३ हजार तोकिएको छ ।

आयोजकका अनुसार प्रतियोगिता ५ ‘A’ शाईड ढाँचामा सञ्चालन हुन्छ । यसको सम्पुर्ण खेलहरू नकआउट चरणमा खेलाईने उनिहरुले बताए।

प्रतियोगिताको विजेतालाई नगद रु. ३० हजार र उपविजेतालाई रु. १० हजार पुरस्कार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।

समुह दर्ता भईरहेकाले ईच्छुक सम्पुर्ण टिमलाई आयोजकले प्रदान गरेको सम्पर्क नं ९८६०१७५७९८, ९८०८३७९८१९ मा सम्पर्क गर्नुहुन आयोजकले जानकारी दिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा