शनिबार, साउन ९ २०८३
ताजा अपडेट

यू-१९ महिला टी-२० विश्वकप छनोटः आज नेपालले कुवेतसँग खेल्ने


  • बिहिबार, कार्तिक २२ २०८१
7K
SHARES

काठमाडौं । यूएईमा भइरहेको आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले आफ्नो दोस्रो खेलमा आज कुवेतसँग खेल्दैछ । खेल दुबईस्थित दी सेभेन्स स्टेडियममा नेपाली समय अनुसार बिहान साढे ११ बजे सुरु हुनेछ ।

पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको नेपाल त्यही लय कायम राख्दै लगातार दोस्रो खेल जित्ने लक्ष्यमा छ । कुवेत भने पहिलो खेलमा आयोजक यूएईसँग १०६ नरको फराकिलो अन्तरले पराजित भएको थियो ।

छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । खल डबल राउण्ड रोविनका आधारमा खेलाइनेछ । त्यसपछि शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी२० विश्वकपमा छनोट हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा