काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतका दुई संसदीय समिति सभापतिको निर्वाचन भदौ ३१ गते हुने भएको छ ।
मंगलबार बसेको सभाको बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभा नियमावली २०७५ को १५० बमोजिम विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका रिक्त सभापति पदको निर्वाचनका लागि भदौ ३१ गतेलाई तोक्नुभएको हो ।
अध्यक्ष दाहालले समितिका सभापतिको निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशन गर्न राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्याललाई निर्देशन दिनुभयो ।
राष्ट्रिय सभाको अर्को बैठक भदौ ३० गते आइतबार दिउँसो सवा १ बजे बस्नेथरी स्थगित भएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।