विश्वकप फुटबल छनोट अन्तर्गतको खेलमा अर्जेन्टिनालाई कोलम्बियाबले हराएको छ । कोलम्बियाले अर्जेन्टिनालाई २-१ ले पराजित गरेको हो । लिएपछि निकालेस गोन्जालजले अर्जेन्टिनाका लागि बराबरी गोल फर्काए ।
खेलको २५ औँ मिनेटमा कोलम्बियाले येरसन मोस्क्वेराको गोल गरेपछि कोलम्बिया १-० को अग्रतामा अघि बढ्यो । तर ४८ औँ मिनेटमा अर्जेन्टिनाले अग्रतालाई बराबरी बनायो । उसको लागि निकालेस गोन्जालजले बराबरी गोल फर्काए ।
खेलले ६० औँ मिनेटमा कोलम्बियाले पेनाल्टीको अवसर पायो र त्यसमा जेम्स रोड्रिग्वेजले विजयी गोल गरे ।
मङ्गलवारका अन्य खेलमा इक्वेडरले पेरुलाई १-० र बोलिभियाले चिलीलाई २-१ ले हराए । भेनेजुएला र उरुग्वेले गोलरहित बराबरी खेले ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।