शनिबार, साउन ९ २०८३
ताजा अपडेट

रिपोर्टर्स क्लब नेपालद्वारा एक लाख पुरस्कारसहित प्यारालम्पिकमा काश्य पदक विजेता पलेशा गोबर्धन सम्मानित


  • मंगलबार, भाद्र २५ २०८१
6K
SHARES

रिपोर्टर्स क्लब नेपालले पेरिस प्यारालम्पिक तेक्वान्दोमा काश्य पदक विजेता पलेशा गोवर्धनलाई एक लाख पुरस्कारसहित सम्मान गरेको छ । आज (सोमबार) क्लबका सभापति ऋषि धमलाले पलेशालाई सम्मान गरेका हुन् । त्यसैगरी, कोच कविराज नेगी र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पनि सम्मान गरिएको छ । कोच नेगीलाई २५ हजार पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको छ । व्यवस्थापक श्रेष्ठलाई विशेष सम्मानसहित अभिनन्दन गरिएको छ ।

रिपोर्टर्स क्लबका सभापति धमलाले पलेशाले खेलको माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा नेपालको नाम राखेको भन्दै प्रशंसा गरे । पलेशाले लगातार ११ वर्षसम्म संघर्ष गरेको कारण देशको शान, मान र प्रतिष्ठा बढेको उनले बताए । सभापति धमलाले हरेक व्यवस्था परिवर्तनमा रिपोर्टर्स क्लब नेपालले योगदान पुर्याएको स्मरण गराए । ‘पलेशाजीले शिखर चुम्नुभयो । अन्तर्राष्ट्रियस्तरमा नेपालको नाम राख्नुभयो । उहाँले लगातार ११ वर्ष संघर्षको फल देशले पायो । यो देशको गौरव हो, नेपाली जनताको शान, मान र प्रतिष्ठा हो,’– उनले भने ।

काश्य पदक विजेता पलेशाले आफूले ११ वर्षसम्म गरेको कडा मेहनतको फल पाउँदा खुसी लागेको बताईन् । ‘नेपालले पनि मेडल ल्याउन सक्छ र ?’ भन्ने प्रश्नको उत्तर आफूले लिएर आएको उनले बताईन् । आफूले सपोर्ट नपाएर पनि यो गेममा कडा मेहनतको बावजुद सफल भएको बताईन् । ‘ धेरै गाह्रो थियो यो मेडल ल्याउन । किनकी संघर्ष त्यति नै थियो, सपोर्ट धेरै थिएन । हामीले सपोर्ट कहिले पनि पाएनौं । अहिले सबैको आँखा यता परेको छ । सबैले सर्ने भनेर पनि प्रमिस गर्नुभएको छ । राम्रो स्थिति भयो भने मैले एलए को गेममा पनि सहभागिता जनाउन सक्छु । आशा गरौं, त्यहा गोल्ड मेडल लिएरै आउनेछौं,’– उनले भनिन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा