रुपन्देही । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका सबै जनप्रतिनिधि हुलाकी सडक निर्माण छिटो गर्न माग गर्दै रिले अनशन बसेका छन् । ठेकदार कम्पनी र सङ्घीय सरकारलाई दबाब दिन प्रतापपुर गाउँपालिका अध्यक्ष,उपाध्यक्ष सहितका जनप्रतिनिधिहरू आजदेखि रिले अनशनमा बसेका हुन् ।
उनीहरुलाई संघ तथा प्रदेशका निवर्तामान र वर्तमान सांसदहरुले पनि साथ दिएका छन् ।
रिले आनसन गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवको नेतृत्वमा संविधान सभा सदस्य विक्रम खनाल, लुम्बिनी प्रदेशसभा सदस्य विश्व प्रेम पाठक, गाउँपालिका उपाध्यक्ष मान कुमारी चौधरी, ९ वटै वडाका वडा अध्यक्षहरू र स्थानीय जनताहरू बसेका छन्।
नारायण चोकदेखि त्रिवेणीसम्मको करिब १५ किलोमिटर हुलाकी सडक ठेकदारले समयमा निर्माण कार्य सम्पन्न नगरेकाले स्थानीय यात्रीहरूले वर्षामा हिलो र घाममा धुलोको मार खेपी रहेका छन् ।
ठेकदारले ६ वर्षमा पनि हुलाकी सडक निर्माण गर्न नसकेको र निर्माण कार्यमा चरम ढिलाइले यो बाटो अलपत्र परेकाले दबाबका लागि आफूहरूले रिले अनसन थालेको अध्यक्ष उमेशचन्द्र यादवले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।