शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

रविले भने : अरुले उचालेका भरमा आन्दोलन नगर्नुस्


  • मंगलबार, भाद्र २५ २०८१
5.9K
SHARES

फाइल तस्विर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी पीडितलाई अरुले नै उचालेर आन्दोलन गरेको टिप्पणी गरेका छन् । मंगलबार पार्टीको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकमा उनले अपराधमा संलग्न नै नभएको मान्छेविरुद्ध आन्दोलन गरेको बताए ।

उनले भने-‘सहकारी पीडितको लागि लड्नुभएको छ भने मेरो सलाम छ, तर जो मान्छे अपराधमा संलग्न छैन, उसैलाई कसैले उक्साएको भरमा दोषी झैं गरी तपाईंहरुले विरोध गर्नुभएको छ।’

मंगलबार रास्ववाको कार्यक्रमस्थलबाहिर सूर्यदर्शन सहकारी संस्थाका पीडित वचतकर्ताले प्रदर्शन गरेका थिए ।

कार्यक्रममा सम्बोधनका क्रममा लामिछानेले कसैले उचालिदिएको भरमा र गलत कुरा भनिदिएको भरमा आफूविरुद्ध आन्दोलन भएको भन्दै आक्रोश पोखे ।

‘कस्तो सघर्ष समिति हो, अपराध गर्दै हुनुहुन्छ तपाईहरु, लाखौं सहकारी पीडितमाथि अन्याय गर्दै हुनुहुन्छ, गलत मान्छेलाई टार्गेट गरेर’, उनले भने ।

लामिछानेले अगाडि भने, ‘हामीमाथि पूर्वाग्रह राख्नेहरुले, राजनीतिक दाउ सेक्नेहरुले सहकारी भनेको रवि लामिछाने हो भनेर भाष्य सिर्जना गरेर तमाम सहकारी पीडितमाथि अन्याय गरेको छ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा