शनिबार, साउन ९ २०८३
ताजा अपडेट

२१ वर्षपछि मेस्सी र रोनाल्डो बालोल डी’ओर बाहिर


  • मंगलबार, भाद्र २५ २०८१
6.3K
SHARES

फाइल तस्विर

विश्व फुटबलका हस्तीद्वय अर्जेन्टिनी कप्तान लियोनल मेस्सी र पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो बालोल डी’ओर अवार्डको मनोनयनमा पर्नुभएको छैन ।

मेस्सी र रोनाल्डो २१ वर्षपछि विश्व फुटबलकै चर्चित अवार्डको मनोनयनमा नपर्नुभएको हो । सर्वाधिक आठ पटकको विजेता मेस्सी र पाँच पदकका विजेता रोनाल्डो सन् २००३ पछि पहिलो पटक अवार्डको प्रारम्भिक ३० खेलाडी सुचीमा अट्नुभएन ।

बुधबार राति सार्वजनिक गरिएको प्रारम्भिक मनोनयन सुचीमा इङ्गल्यान्ड र स्पेनका ६/६ जना खेलाडी परेका छन् । महिलातर्फपनि प्रारम्भिक ३० खेलाडीको सुची सार्वजनिक भएको छ ।

जसमा महिलामा पनि स्पेनबाट सर्वाधिक ६ खेलाडी परेका छन् । यस वडार्ड विजेताको घोषणा अक्टोबर २८ तारिख पेरिसमा भव्य समारोहबिच गरिनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा