शुक्रबार, साउन ८ २०८३
ताजा अपडेट

नेविसंघले शिक्षाका लागि सुरु गर्यो यस्तो अभियान


  • मंगलबार, भाद्र २५ २०८१
7.4K
SHARES

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले ‘मेरो शिक्षा मेरो प्रश्न’ अभियान सुरू गरेको छ ।

सबै पालिकामा शिक्षामा छात्रवृत्ति वितरण नभएको, तोकिएभन्दा बढी शुल्क लिएको समस्या प्रतिवेदनमा देखिएपछि यो अभियान सुरू गरेको नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले बताएका छन् ।

‘सबैको सहज पहुँचमा शिक्षा हुनुपर्छ र विद्यालय शिक्षा सुधार हुनुपर्छ भन्ने हेतुले केही प्रयास गरिरहेका छौं । यो अभियान पनि त्यसै मध्येको एउटा प्रयास हो ।’ उनले भने ।

उनका अनुसार नेविसंघले ५५औं स्थापना दिवसको अवसरमा गत ६ वैशाखमा स्थानीय तहहरुले कानुन अनुसार छात्रवृत्ति वितरण गरे नगरेको, कानुनले तोके अनुसार शुल्क लिएको वा नलिएको लगायतको विषयमा अध्ययन गर्न प्रतिनिधि खटाएको थियो ।

कानुन अनुसार छात्रवृत्ति वितरण गर्न, कानुन विपरित विद्यार्थीबाट लिइएको शुल्क फिर्ता गराउने, खबरदारी गर्ने गर्नको लागि यो अभियान सुरू गरेको अध्यक्ष शेर्पाको भनाइ छ ।

गत वैशाखमा तोकिएकै प्रतिनिधिहरुलाई जिम्मेवारी दिइएको र उनीहरुले तोकिएको स्थानीय तह अन्तर्गत रहेका सरकारी, निजी तथा सामुदायिक विद्यालयहरुको अध्ययन गरी असोज २ गतेसम्म प्रतिवेदन बुझाउन पत्राचार गरिसकेको शेर्पाले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा