शुक्रबार, भाद्र ५ २०८३
ताजा अपडेट

चार्टर एकाउन्टेन्ट क्याप २ टपरलाइ लायन्सकाे प्राेत्सहान सम्मान


  • आइतबार, भाद्र २ २०८१
17.4K
SHARES

लायन्स क्लब अफ काठमाडौ नारायणथान, लायन्स क्लब अफ काठमाडौं स्र्पोटस सोसाईटि, लायन्स क्लब अफ काठमाडौं इक्युटी, तथा लाइफ सेभर क्लब सहितको जोन बैठकको अवसरमा नेपालको चार्टर एकाउटेण्ट परिक्षा पहिलो र दोस्रो क्यापमा प्रथम हुने अस्मिता तिमल्सिना तथा नेपालको यु १७ टिमका म्यानेजर विजेन्द्र पुडाशैनीलाई सम्मान सहित गभर्नस पिन ले सम्मानित गरिएको थियो।जोन चियरपर्सन दामोदर भट्राईको सभापतित्वमा सम्पन्न गभर्नस एडभाईजर बैठकमा डिस्ट्रिक ३२५ जि का गर्भनर लायन डा. कमल बा. कायस्थको प्रमुख उपस्थितीमा पिन मार्फत प्रोत्साहन गरिएको हो।

काठमाडौको सुर्य इभेन्टसमा सम्पन्न बैठकम प्रथम डिस्ट्रि«क भाइस गर्भनर विधान जोशी, द्धितिय भाइस गर्भनर उत्तम कायस्थ, पिएमसिसि केशव पाण्डे , पिएमसिसि कयामउद्धिन, डिस्ट्रिक सेक्रेटरी रुकेश रञ्जित, गर्भनरस चिफ एड, अग्नि विलाश अधिकारी,को एड चन्द्र दाहाल, लायन्स इन्सटिच्युट चिफ रुसका वैध , डिस्ट्रिक काउन्सिलर अन्नत खड्का क्लसटर चिफ रिता दाहाल , रिजन चियर पर्सन राजन न्यौपाने, जोनका चिर्यरपर्सनहरु दुर्गा शिलवाल, पर्वताआरोही तथा जोन चिर्यरपर्सन माया शेर्पा, सुिमत्रा पाण्डे, लगायत विभिन्न क्लबका पदाधिकारीहरु समेतको उपस्थिती रहेको थियो ।

जोन बैठक बाट विभिन्न एजेण्डाहरु पास गरिएको थियो । आगामी वर्षका लागि डिस्ट्रिक गर्भनरको मुख्य योजनाहरुमा विद्यालयका बालबालिकाहरुका लागि झोला, रक्तदान कार्यक्रम तथा स्वास्थशिविरहरुको आयोजना गर्नका लागि लायन्स क्लब अफ काठमाडौ नाराणथान,( असोकराज पाण्डे) लायन्स क्लब अफ काठमाडौं इक्युटी( बद्री खड्का) लायन्स क्ल्ब अफ काठमाडौ सेभर लगायतका क्लबका अध्यक्षहरुले आफ्नो रिर्पोट प्रस्तुत गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा