शुक्रबार, भाद्र ५ २०८३
ताजा अपडेट

अस्पतालबाट डिस्चार्ज हुँदै क्याप्टेन मनिष शाक्य


  • बिहिबार, साउन १७ २०८१
7K
SHARES

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बाँचेका पाईलट मनिषरत्न शाक्यको स्वास्थ्य अवस्थामा सुधार आएपछि आज डिस्चार्ज हुँदैछन् । काठमाडौँ मेडिकल कलेज केएमसी) मा उपचाररत क्याप्टेन शाक्यलार्इ आजै डिस्चार्ज गर्ने तयारी रहेको अस्पतालका प्रमुख डा. सुनील शर्माले बताए ।

प्रमुख शर्माले अस्पतालका चिकित्सकहरूको दक्षता र मिहिनेतले शाक्यलाई जोगाउन सकिएको बताए । उनले भने, ‘यो एयरपोर्टबाट नजिकै रहेको अस्पताल हो । कुनै भवितव्य पर्यो भने यहीँ ल्याइन्छ । यो अस्पताल प्राविधिकरुपमा कति सक्षम छ भन्ने पनि आमजनतालाई बुझाउन सक्षम भयौं ।’

यस्तै, अस्पतालकी निर्देशक डा. मीना थापाले उनको डिस्चार्ज हुनलागेपनि उपचार जारी रहने बताईन् । ‘उपचार त उहाँको जारी रहन्छ । घरमै बसेर थेरापी र अन्य उपचारलाई निरन्तरता दिन सक्नुहुन्छ,’उनले भनिन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा