काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित नौलिन भद्रकाली मन्दिर परिसरमा सरसफाइ कार्यक्रम गरिएको छ ।

बुढानीलकण्ठ प्रहरी प्रभाग र स्थानीय युवाहरूको अगुवाइमा शनिवार उक्त सरसफाइ कार्यक्रमको आयो गरिएको जनाइएको छ ।
शनिवार बिहान समय बुढानीलकण्ठ प्रहरी प्रभागको टिम, वडा नम्बर १३ र ११ का युवाहरूले टिमले शनिवार बिहान सरसफाइ गरेका हुन् ।

वडा नम्बर १३ लाई सरोज श्रेष्ठले संयोजन गरेका थिए । भने वडा नम्बर ११ लाई सुशील अधिकारीले संयोजन गरेका थिए ।

श्रावण महिनालाई लक्षित गरेर मन्दिर सरसफाइ कार्यक्रम गरिएको सरोज श्रेष्ठले जनाए । उनले भने, ‘स्थानीय युवाहरूको अगुवाइमा यी र यस्ता कार्यहरूलाई गर्दै आइरहेका छौँ । यो पटक बुढानीलकण्ठ प्रहरी प्रभागसंगको सहकार्यमा यो सरसफाइ कार्यक्रम गर्यौ । सहभागी सम्पूर्णमा धन्यवाद व्यक्त गर्दछु ।’
v
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।